बागलुङ समाज दक्षिण काेरीयाकाे अध्यक्षतामा राजु नेपाली निर्वाचित

-


     हिडन खबर    
     मंसिर २४ गते २०८१ मा प्रकाशित


प्रवासी भुमिमा बागलुङेहरूकाे एकता, सामाजिक कार्यमा सबैकाे सहभागिता आपतकालिन अबस्थामा बागलुङ समाजकाे आबश्यकता भन्ने मुल भावना बाेकेर २००१ मा स्थापना भएकाे बागलुङेहरूकाे साझा संस्था बागलुङ समाज दक्षिण काेरीयाकाे ११ आ‌ैं अधिवेशन भब्य रूपमा समपन्न भएकाे छ ।

अधिबेशनले अध्यक्षमा राजु नेपालीलाई सर्वसम्मत रूपमा चयन गरेकाे छ । दक्षिण काेरीयामा बिभिन्न पेशा तथा व्यवसायमा आवद्व बागलुङे तथा नेपालीहरू बिच आपसि सहयाेग सदभाव र भाईचारा अभिवृदी गर्दे आईरहेकाे समाजकाे अधिबेशनबाट बागलुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा केशब आचार्य
उपाध्यक्ष सुमन रोका मगर,निशान चन्द ठकुरी अमृत पाठक
महासचिवमा – शोभाखर शर्मा सचिवमा नरेश कुमार बि.क. गिर बहादुर भण्डारी कोषाध्यक्षमा नारायण शर्मा
सह- कोषाध्यक्षमा दल बहादुर थापा र सदस्यहरूमा किसान नेपाली , भरत खत्री कासु पुन ,पुरन चन्द ठकुरी, श्याम थापा ,सजिना थापा,खिमा पुन ,सुधिर बि सि निर्वाचित हुनु भएकाे समाजले जनाएकाे छ ।