माआ‌ेवादी केन्द्रका इन्द्र एमालेमा समाहित

-


     हिडन खबर    
     चैत्र २३ गते २०७८ मा प्रकाशित


बैशाख ३० गते हुने निर्वाचन नजिकिदै गर्दा जिल्लामा एक पार्टी बाट अर्को पार्टीमा प्रवेश गर्ने लहरै चलेको छ ।नेपाल कम्युनिस्ट पार्टी एमालेले कार्यक्रम गरेर अरू पार्टी बाट आएका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित गराउदै गएको छ ।

नेकपा एमाले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरेर चुनावी अभियानमा केन्द्रीत भएर जबर्जस्त कार्यक्रम शुरू गरेको छ ।केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष पद छाेडेर स्वतन्त्र भएका इन्द्र केसी पारस एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरूङले एमालेमा टीका अबिर र खादाबाट समाहित गरेका थिए । कार्यक्रममा दुई दर्जनभन्दा बढी माआ‌ेवादीका नगर र गाउँ कमिटीका नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका थिए ।

कार्यक्रममा एमालेका नेता एवंम गण्डकी प्रदेशका निर्वतमान मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङ ,एमालेका पाेलिट ब्युरो सदस्य लिलबहादुर थापा नव प्रवेशी इन्द्र केसी पारस लगायतका बक्ताहरूले अहिलेकाे निर्वाचनमा एमाले बिरूद्वकाे गठबन्धन अवित्र भएको भन्दै त्यसलाई जुनसुकै हालतमा परास्त गरेर छाेड्ने धारणा राखेका थिए ।अहिले बनिरहेको ५ दलीय गठबन्धनकाे कुनै आ‌ैचित्य नभएको हुदा एमालेले सबै खालको समस्याको सामना गर्न तयार भएको समेत बताउदै माआ‌ेवादी बाट सांसदहरू पद त्यागेर एमालेमा आएको उदाहरण समेत प्रस्तुत गरेका थिए । अहिलेकाे निर्वाचनमा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै एकजुट भएर लाग्न सबै नेता तथा कार्यकर्तालाई नेताहरूले निर्देशन समेत दिएका थिए ।

नेकपा एमाले जिल्ला अध्यक्ष हिरा केसी को सभापतित्वमा भएको कार्यक्रममा स्वागत एमालेका उप सचिव गणेश थापा संचालन सचिव बिष्णु भुसालले गरेका थिए ।