
बागलुङ । बालमैत्री बागलुङ नगरपालिका घोषणाको पूर्वतयारी अन्र्तगत बिद्यालयमा सूचकमा आधारित क्रियाकलापहरु संचालन गरिएको छ ।
बिद्यार्थीहरुको लागि कालीगण्डकी आवासीय माध्यामिक बिद्यालयमा विपद व्यवस्थापन तथा लागुपदार्थ दुव्र्यसन सचेतिकरण कार्यक्रम गरिएको छ । कार्यक्रमको बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धनप्रसाद पोख्रेलले उदघाटन गर्नुभयो ।
जुनसुकै समयमा हुन सक्ने विपद र लागुपदार्थ दुव्र्यसनीबाट जोगिन कस्ताखाले सावधानी अपनाउने भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएको छ ।
विपदमा परेको अवस्थामा उद्धार,व्यवस्थान लगाएका कार्य र दुव्र्यसनीबाट बचाउन, दुव्र्यसनकर्तालाई कुलतबाट छुट्टाउन के गर्न सकिन्छ भन्नेमा बिद्यार्थीलाई सचेतना प्रदान गरिएको छ ।
विपद व्यवस्थापन तथा लागुपदार्थ दुव्र्यसनको अवस्था, जोखिम, चुनौती, जोखिने उपायका बिषयमा शिक्षक जीवन नाथ शर्मा रेग्मीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका उपसभापति राजेन्द्र आचार्य, बिद्यालयका जुनियर रेडक्रस सोसाई अध्यक्ष संगम क्षेत्री, ईको क्लवका अध्यक्ष शिष्टता पन्तले आफनो मन्तव्य राख्नुभएको थियो ।
कालीगण्डकी आवासीय माध्यामिक बिद्यालयका प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षता, बाल क्लवका अध्यक्ष रोजिश्मा राजभण्डारीको स्वागत र शिक्षक केदार शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिकाले विभिन्न सूचक पूरा गरि आगामी पौष महिना भित्र बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ । अहिले नगरपालिका भित्रका बिभिन्न वडालाई बालमैत्री घोषणा गरिने अभियानलाई तिव्रता दिईएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री नगरपालिका घोषणका लागि ५१ वटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।












