बागलुङमा फरार प्रतिवादी पक्राउ

-


     हिडन खबर    
     मंसिर १९ गते २०८१ मा प्रकाशित


बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले ११ बर्ष देखि फरार रहेका एकजना प्रतिवादी पक्राउ गरेको छ ।

लागू आ‌ैषध मुद्दामा कैद जरिवाना सजाय ताेकिएका बागलुङ नगरपालिका वडा नम्बर १० का बिशाल थापा भन्ने विप्लव थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।

जिल्ला अदालत बागलुङले २०७९ साल श्रावण २५ गते लागू आ‌ैषध मुद्दामा १ महिना १० दिन कैद सजाय र ४ हजार रूपैयाँ जरिवाना फैसला गरिएका थापा लाई बागलुङको मालढुंगा प्रहरी चाैकीबाट खटिएको टाेलीले
पक्राउ गरि फैसला कार्वान्यनकाे लागि सम्मानित जिल्ला अदालतमा पेश गरेपछि कारागार चलाउन गरेको सुचना अधिकारी यादवले बताए ।