लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जलजलामा

-


     हिडन खबर    
     मंसिर १० गते २०८१ मा प्रकाशित


पर्वत / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जलजला गाउँपालिकाद्वारा आयोजित कार्यक्रम शुरू भएको छ ।

अभियानकाे पहिलो दिन आयोजित सचेतना तथा अन्तरक्रिया कार्यक्रम जलजला गाउँपालिकाको कार्यालयबाट प्रभातफेरि कार्यक्रम प्लेकार्ड सहित लैङ्गिक हिंसा महिला हिंसा बाल हिंसा बिरूद्व नारा लगाउँदै लामाखेत बजार मिलनचोक बजार को परिक्रमा गरी आमा समूहको भवनमा पुगेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकाे थियो ।

कार्यक्रमको उद्घाटन सत्रकाे अध्यक्षता गाउँपालिका उपाध्यक्ष दीपक आचार्य कार्यक्रम सञ्चालक महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिन्दु शर्मा कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल कार्यपालिका सदस्यहरु भीमसेन बराइली बिमला केसी सुनिता केसी बबी सुवेदी माया भुसाल भीमबहादुर नेपाली र प्रशिक्षकहरू रेखा कौशल शर्मा जमुना आचार्य लगायतको उपस्थिति रहेको थियो ।