स्वतन्त्र उमेदवारकाे प्रचारमा धरानका मेयर कीर्तिपुर

-


     राजेशचन्द्र राजभण्डारी     
     मंसिर १० गते २०८१ मा प्रकाशित



काठमाडौं मंसिर १०

यहीँ मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचन जति नजिक आइरहेको छ निर्वाचनको प्रचारप्रसारले त्यति नै तिब्रता पाइरहेको छ ।

मंसिर १६ गते हुन गइरहेको कीर्तिपुर नगरपालिकाकाे उप निर्वाचनमा उमेदवार बनेका स्वतन्त्र उमेदवार लाई निर्वाचन जिताउने अभियानमा धरान उप महानगरपालिकाका मेयर
हर्क साम्पाङ्ग आएर स्वतन्त्र उमेदवार राजमान मानवकाे पक्षमा खुलेर सभामा सम्बाेधन गरेका छन् ।

कीर्तिपुर पाङा लाक्षीमा आयाेजीत कार्यक्रममा वक्ताहरूले
यदि देशमा राम्रोसँग विकास गर्ने हाे भने राजनीति दलका उमेदवार लाई नभइ स्वतन्त्र रूपमा राम्रोसँग काम गर्ने ब्यक्ति लाई निर्वाचन जिताउनु पर्ने धारणा राखेका थिए ।

जनता संगै बस्ने जनप्रतिनिधि तपाईहरूलाइ चाहीएकाे छ स्वतन्त्र भएर मात्र नहुने जनताको घर घरमा आउने टाेल टाेलमा आउने जनताको समस्या बुझ्ने जनताको साथी जस्तो जनप्रतिनिधि राजमान मानव भएको हुनाले आफुले समर्थन गरेको धरान उप महानगरपालिकाका मेयर हर्क सापाङ्गले बताए ।

राम्राे मान्छेलाई जिताउनु भएन भने तपाईंहरूले मेयर भेट्न एक हप्ता पहिला नाम लेखाउनु पर्ने अवस्था आउन सक्ने हुदा स्वतन्त्र उमेदवार लाई जिताउनु पर्ने मेयर साम्पाङ्गले धारणा राखेका थिए ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरूले अबको बाटो भनेको स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि नै आवश्यक छ भन्ने कुरा काठमाडौ ,धरान र धनगढीले देखाइसकेकाे हुदा कीर्तिपुर बासि मतदातालाई स्वतन्त्र उमेदवार राजमान मानवलाइ मतदान गर्ने अपिल गरेका थिए ।

कार्यक्रममा स्वतन्त्र उमेदवारी दिएका नरेश श्रेष्ठले आफ्नो समर्थन स्वतन्त्र उमेदवार राजमान मानवलाइ समर्थन गरेको घाेषणा गरेका थिए ।

देशभरि रिक्त रहेको स्थानीय तहको उप निर्वाचन मध्य कीर्तिपुर नगरपालिकाकाे निर्वाचन यसपटक महत्त्वपूर्ण रूपमा सबैले हेरेका छन् ।नेपाली कांग्रेस ,एमाले ,माआ‌ेवादी
लगायत राजनीति पार्टी र ११ जना स्वतन्त्र गरि २० जना उमेदवार चुनावी मैदानमा खडा भइ निर्वाचन प्रचारप्रसारमा जुटिरहेका छन् ।