माआ‌ेवादी वडा अध्यक्ष निर्विरोध निर्वाचित

-


     हिडन खबर    
     मंसिर ५ गते २०८१ मा प्रकाशित


रूकुम /मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उप निर्वाचनमा रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।

काग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी आफ्नो उमेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएका हुन् ।घर्तीले बिज्ञप्ती प्रकाशित गरेर आफ्नो उमेदवारी फिर्ता गरेको जानकारी गराएका छन् ।

आज उमेदवारी फिर्ता गर्ने निर्वाचन अधिकृत कार्यालयकाे कार्यक्रम अन्तर्गत जीवन राेकाले आफ्नो उमेदवारी फिर्ता गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए ।

निर्वाचन अधिकृतकाे कार्यालयले भने अहिलेसम्म यसलाई आ‌ैपचारिक रूपमा घाेषणा गरेको छैन ।