कालीका भगवती मन्दिरको कार्तिककाे आम्दानी ३५ लाख ३ हजार ३ सय ३२

-


     हिडन खबर    
     मंसिर ३ गते २०८१ मा प्रकाशित


बागलुङ / नेपाल कै प्रसिद्व धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर अन्तर्गत कालीका भगवती गुुठी ब्यवस्थापन समिति बागलुङले आफ्नो नियमित कार्यक्रम अन्तर्गत कार्तिक महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ ।

कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको नियमित बैठकले कालीका भगवती मन्दिरमा कार्तिक महिनामा कुल आम्दानी ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ भएकोमा खर्च १६ लाख १५ हजार भइ १८ लाख ८८ हजार ३ सय ३२ रूपैयाँ बचत भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको हाे ।

कालीका गुठीको कार्तिक महिनामा कुल आम्दानी ३५ लाख
३ हजार ३ सय ३२ रूपैयाँ गरेको छ । कालीका भगवती मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटी बाट २२ लाख ३५ हजार ५ सय ८५ चामल बिक्री बाट ८० हजार ५ सय बाेका बाट ६१ हजार ७ सय५० रूपैयाँ  ,कुखुरा बाट ४ हजार ८ सय रूपैयाँ राँगो बाट १८ सय ,सटर भाडा ३ लाख १४ हजार ५ सय ४० विवाह बाट १ हजार ,आर्थिक सहयोग १ लाख २० हजार ७ सय ७ रूपैयाँ ,परेवा बिक्री बाट ६ लाख ७० हजार ७ सय ५० रूपैयाँ ब्रतबन्ध बाट ६ सय रूपैयाँ ,पण्डित बाट ११ हजार ४ सय आम्दानी भएको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

कालीका भगवती मन्दिर ब्यवस्थापन समिति अन्तर्गत
कार्तिक महिनामा १६ लाख १५ हजार खर्च भएकोमा  कर्मचारीहरूकाे तलवमा ४ लाख ८ हजार ५ सय बिजुलीमा ५० हजार अतिथि सत्कारमा १ लाख ५५ हजार ,उपहारमा १ लाख ,पूर्वाधार विकासमा ६ लाख १० हजार ९ सय रूपैया ,पाेशाकमा २६ हजार ,खाध्यान्न र आवासमा ८५ हजार ५ सय ,बिज्ञापन तर्फ १८ हजार ५ सय ,सांस्कृतिक कार्यक्रममा १ लाख ६० हजार ६ सय रूपैयाँ खर्च भएको कालीका गुठीका कुमार खड्काले बताए ।

कार्तिक महिनामा कुल आम्दानी ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ भएकोमा खर्च १६ लाख १५ हजार भइ १८ लाख ८८ हजार ३ सय ३२ रूपैयाँ बचत भएको गुठीले जनाएको छ ।

धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालीका भगवती मन्दिरमा आउने धार्मिक पर्यटक भक्तजन बढ्दै गएसंगै मन्दिरको आम्दानी समेत बढ्दै गइरहेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रमेश खड्काले बताए ।