
बागलुङ / बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका ३ टारीबान्द्रे भिर स्थित सडक खण्डमा बुर्तिबाङ देखि घाेसा जादै गरेको पिकअप जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।
लु १ च ६९३८ नम्बरको पिकअप जिप दुर्घटना भइ सडक देखि ५०० मिटर तल वडिगाड खाेलामा खस्दा सवारी चालक ३६ बर्षिय किसान विककाे घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टाेली घटनास्थल तर्फ उद्वारकाे लागि पुगेको जिप खाेलाकाे बिच भागमा रहेको प्रहरीले जनाएको छ ।जिपमा अन्य यात्रुहरू भने नरहेको थाहा भएको छ ।









