
बागलुङ । बागलुङको बडिगाड गाउँ पालिकामा श्रीमान श्रीमती मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको ।
बिहीबारसँगै खाना खाएर सुतेका श्रीमान श्रीमती शुक्रबार मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बागलुङ केशव थापाले जानकारी दिनुभयो ।
गाउँलेले मृत भेटिएको दम्पतीको जानकारी प्रहरीलाई गराएको थियो । दम्पतीको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको छ ।
मृत्युको कारण खुल्न नसकेको र प्रहरीले गहन ढंगले अनुसन्धान थालेको प्रहरी निरीक्षक थापाको भनाई छ ।









