बागलुङमा बस दुर्घटना २१ जना घाइते

-


     हिडन खबर    
     कार्तिक २१ गते २०८१ मा प्रकाशित



बागलुङ कार्तिक २१

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना भएको छ ।

बागलुङ जिल्ला निसी खाेला गाउँ पालिका वडा नम्बर ६
जाहुलेपानीमा ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना हुदा बसमा सवार २१ जना यात्रु घाइते भएका छन् । बसमा ४० जना यात्रु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले घट्ना स्थलमा भर्खरै प्रहरी पुगेको बताए ।

दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन् घाइतेहरूलाई उपचारको लागि बुर्तिवाङ स्वास्थ केन्द्रमा पठाइएकाे प्रहरी नायव उपरीक्षक यादवले बताए । दुर्घटनामा सवारी चालक सकुशल रहेका छन् ।