नेपाल संवत् ११४५ सांस्कृतिक झाकी सहित मनाइयो नेवार समुदाय लाई संस्कृति जाेगाउन हम्मेहम्मे

-


     राजेशचन्द्र राजभण्डारी     
     कार्तिक १७ गते २०८१ मा प्रकाशित


बागलुङ कार्तिक १७

नेपाल संवत् ११४५  बागलुङ सदरमुकाममा रहेका नेवार समुदायले विभिन्न झाकी सहित धुमधामका साथ मनाउदै गर्दा बागलुङमा रहेका नेवार समुदाय बिस्ताफित हुदै राजधानी लगायतका ठाउँमा गएपछि बागलुङमा रहेका नेवार समुदायलाई संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ ।

नेपालीहरूकाे माैलीक संवत् नेपाल  संवत् ११४५ (न्हूदँ)को उपलक्ष्यमा सांस्कृतिक झाकी  सहित बागलुङ सदरमुकाममा नेपाल संवत् कार्यक्रम मनाइयो ।बागलुङ सदरमुकाममा रहेका नेवार समुदायका ब्यक्तिहरू काठमाडौ, पाेखरा,लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि जिल्लामा संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ ।

जिल्लामा रहेका नेवार समुदाय बिस्तापित हुदै गएको कारणले नेवारी संस्कृति जाेगाउन हम्मेहम्मे परिरहेको भएपनि इच्छाशक्ति हुने हाे भने त्यसलाई जाेगाउन जगेर्ना गर्न सकिने स्थानीय निर्मल श्रेष्ठले बताए ।

बागलुङ सदरमुकाममा ब्यापार ब्यवसाय गर्दै आएका नेवार समुदाय ब्यापार ब्यवसायक‌ै क्रममा पलायन भएर बाहिर गएको कारणले पनि भएको संस्कृति जाेगाउन समेत केही बर्ष यता गार्‍हो हुदै गएको नेपाल भाषा मंका:खलका अध्यक्ष जयराम भारीले बताए ./

नेपाल संवत् मनाउन सबैकाे चासो देखिन्छ अहिले ठाउँ ठाउँमा नेपाली परम्परागत अनुसार सांस्कृतिक झाकी देखाउने काम पनि भइरहेको जिल्लामा भएका नेवार समुदाय मात्र नभएर अरू जाती समुदाय पनि लाग्नुपर्ने राज्यले यसलाई सम्बाेधन गर्नुपर्ने अरू जिल्लामा जुन ठाउँमा नेवार समुदाय छन् ती ठाउँमा यस्ता कार्यक्रम भइरहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

नेपाल भाषा मंका:खल बागलुङ को संयोजकत्वमा शंखधर बहुमुखी सहकारी संस्था  ,ज्ञानाेदय बुद्व विहार , नेवा ल्याम:पुच र नेवा मिसा:खलको संयुक्त आयोजनामा कार्यक्रम गरिदै आएको छ ।

नेपालको मौलिक संवत् नेपाल संवत् तथा शुभ–दीपावलीको अवसरमा निकालिएको र्‍यालीमा धिमी बाजा ,लाखे नाँच बागलुङको ऐतिहासिक हनुमान नाँच ,र विभिन्न नेवारी झाकी सहित नगर परिक्रमा गरीएकाे थियो ।

बागलुङ सदरमुकाममा करिब ३ बर्ष अघि देखि काठमाडौ ,भक्तपुर लगायतका ठाउँबाट नेवारी कला संस्कृति सहित बसाेबाँस गर्दै आएका नेवार समुदाय काठमाडौ लगायत अमेरिका क्यानडा अस्ट्रेलिया जापान काेरिया पाेर्तुगल गएपछि भएका समुदायलाई यतिबेला कला संस्कृति धान्न हम्मेहम्मे परेको छ ।


नेपाल संवत् नेपाली जनताको माैलिक संवत् भनेर सरकारले नितिगत रूपमा मानेपनी अहिलेसम्म यो संवत् बागलुङमा नेवार समुदायले मात्र मनाउँदै आएको देखिन्छ अन्य जात जातीले भने यसलाई अहिलेसम्म आफ्नो माैलीक संवत् नमानेको कारणले पनि यो नेवार जातीकाे मात्र संवत् भएको देखिन्छ ।