
बागलुङ कात्तिक १६
नेपाली मौलिक संवत् नेपाल संवत ११४५ को अवसरमा गण्डकी प्रदेशको बागलुङमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्याली निकालिएको छ ।
बागलुङमा क्रियाशील नेपाल भाषा मंका :खल बागलुङ जेसिज ,नेवाः ल्याम्ह पुच र नेवाः मिसा खल दबु ज्ञानाेदय बुद्व बिहार शंखधर बहुउद्देश्यीय सहकारी संस्थाकाे संयुक्त आयोजनामा बागलुङमा शुक्रबार बिहान शुभकामना आदानप्रदान र मोटरसाइकल र्याली निकालिएको हो ।
स्थानीय लाेकतान्त्रिक चोकबाट सुरु भएको र्याली बागलुङको विभिन्न चोकहरु बजार परिक्रमापछि पुगेर समापन भएको थियो ।
नेपाल भाषा मंका :खलका अध्यक्ष जयराम भारीले नेपाल संवत् नेपालीहरूकाे माैलिक संवत् भएको हुदा माेटर साईकल -याली आयोजना गरेको मुख्य समारोह शनिबार आयोजना गरिएको बताए ।
र्यालीमा बागलुङबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेश सांसदहरु, प्रशासन र प्रहरी प्रमुखसहित नेवाः समुदायबाट उल्लेख्य उपस्थिति रहेको थियो । बागलुङ नगर परिक्रमाका क्रममा टोल टोलमा स्थानीयले र्यालीको स्वागत गरेको रुट थियो ।
नेपाल भाषा मंका:खलका अध्यक्ष जयराम भारीको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल संवत् नेवाः समुदायको मात्र नयाँ वर्ष नभएर सम्पूर्ण नेपालीको माैलिक संवत् भएको हुदा यसलाई ब्यवहारमा उतार्न जरुरी रहेको धारणा राखेका थिए ।











