
केपि कुमार जलन
हाम्राे एकता ,माैलिक संस्कृति संरक्षण तथा मानव सेवामा प्रतिवद्वता भन्ने मुल नाराका साथ अगाडी बढिरहेकाे बागलुङ कलाकार समाज नेपालले शुभ दिपावलीकाे पावन अवसरलाई लक्षित गरि भर्चुअल माध्यमबाट देउसी भैलो २०८१ को औपचारिक उद्घाटन गरिएको छ ।
समाजका संस्थापक सल्लाहकार प्रमुख अतिथि जीवन शर्मा काे प्रमुख अतिथ्थता संगै बिशिष्ट अतिथि सफल ब्यबसायि तथा समाजसेवी नर बहादुर थापा टिका थापा र ईश्वरी गौतम को बाहुलीबाट दिप प्रज्वलन गरी उद्वघाटन भएको छ ।
बागलुङ जन्म भई विभिन्न ठाउँ मा रहेर कर्म गरि रहेका बागलुङे कलाकारले पहिलाे पटक भर्चुअल माध्यमबाट देउसि भैलाे अायाेजना गरेकाे हाे ।
बागलुङ कलाकार समाज नेपालले नयाँ शैली र सोचको थालनि गरेको अबस्थामा लोपोन्मुख हाम्रा मौलिक सांस्कृति संरक्षण तथा मानव सेवा सहितको सामाजिक अभियान मा हातेमालो गर्दै देउसि भैलाे सफल बनाई आर्थिक सहयाेगकाे अपेक्षा गरिएकाे समाजका अध्यक्ष वसन्त थापाले जानकारी दिनु भयाे ।
















