
बागलुङ कार्तिक ६ शंकर लामिछानेको शब्द तथा संगीत रहेको गीत ‘दुर्लुङ भूमेकोटमा’ युट्युवमार्फत् सार्वजनिक गरिएको छ ।
गीतमा कृष्ण समीप सुवेदी र पार्वती थापा मगरले स्वर दिएका छन् गीतलाई विनोद पराजुलीले एरेन्ज गरेका छन्।
गीतको भिडिओलाई अर्जुन थापा मगरले निर्देशन गरेका छन् कोरियोग्राफी भने विशाल बोहोराले गरेका छन्।
गीतको भिडिओमा शंकरसहित सपना बस्याल, दिपेश पोखरेल, ज्योति परियार र विशाल बोहोरा लगायत फिचर्ड
रहेको छ ।









