
बागलुङ / श्रीरङ्वेङकटेशमुक्तिनाराय मन्दिर बागलुङ कुडुलेमा यहीँ कार्तिक १४ गते स्वामी श्रीधरआचार्य स्मृति
उत्सवकाे आयोजना गरिने भएको छ ।
उत्सव अन्तर्गत पवित्र शालग्राम संग्रहालय परिसर बागलुङ नगरपालिका ४ कुडुले फेदीमा बिबिध क्षेत्रका १०८ जना गुरूहरूलाइ सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।
विहान ८ बजे स्वामीजीकाे समाधी स्थल धर्मघाट ढाेडेनीमा
पुजा आरधना लक्ष्यवर्तीद्वारा आरति गर्ने कार्यक्रम छ ।
बिहान ९ बजे श्री स्वामीजीद्वारा स्थापित मठ एवं गजेन्द्र मोक्षधाम नवलपरासी श्रीपञ्च महालक्ष्मी भक्तपुर श्री निवास विद्यापीठ दिल्ली पितृ ती तीर्थ कागबेनी श्री मुक्तिसरी राधाकृष्ण मन्दिर गलेश्वर धाम श्री सर्वसिद्धिधाम पञ्चकोट आदि आश्रमहरूमा पाठ आराधना बिशेश पूजाकाे आयोजना गरिएको छ ।









