१२ बर्ष देखि फरार प्रतिवादी सागर हरिजन पक्राउ

-


     हिडन खबर    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित


बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले झण्डै १२ बर्ष देखि फरार भएका एकजना प्रतिवादी लाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बागलुङले नकवजनी चाेरी सम्बन्धि कसुर मुद्दामा दुई बर्ष ११ महिना ९ दिन कैद र ६० हजार रूपैयाँ जरिवाना सजाय ताेकिएका बागलुङ नगरपालिका १३ बस्ने सागर नेपाली भन्ने सागर हरिजन लाई पक्राउ गरि फैसला कार्यान्वयनकाे लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवले बताए ।

२०६९ साल असार १४ गते जिल्ला अदालतले हरिजनलाइ
कैद सजाय जरिवाना ताेकेकाेमा अहिलेसम्म फरार रहेका हरिजन फेलापरेपछि प्रहरीले अदालतले गरेको फैसला अनुसार कानुन कार्यान्वयनकाे लागि काम गरेको सुचना अधिकारी यादवले बताए ।