
बागलुङ असाेज ३०
जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा नेपाल प्रहरीको ६९ आैं प्रहरी दिवस बिबिध कार्यक्रम गरि मनाइयो ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङ
आयोजना गरिएको कार्यक्रममा विभिन्न बक्ताहरूले प्रहरीकाे भुमिका सकारात्मक रहेको प्रहरी दबाब र प्रभाव बाट मुक्त भएर काम गर्न सकेको खण्डमा जस्तोसुकै अपराध पनि नियन्त्रण गर्न सक्ने धारणा राखेका थिए ।
केही दिनअघि परेको बर्षाले धेरै ठाउँमा धनजनको क्षति पुर्याएकाे पछिल्लो पटक भने बागलुङमा कम मात्रामा पानी पर्दा केही राहत भएको बरू काठमाडौंमा बढी पानीले क्षति पुर्याउने काम गरेको देख्दा बागलुङ भन्दा काठमाडौं दुर्गम हाे कि भन्ने परेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए ।
मनसुन जन्य विपत्ति जुनसुकै बेला पनि आउन सक्ने हुदा
हामी सबै तयारी हालत रहनुपर्ने सबैले सहकार्य गर्नुपर्ने
प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख
ऋषिराम कडेलले मनसुन जन्य विपत्तिले धनजनको क्षति पुगेको केही समयअघि आगलागीका घटनाले सास फेर्न समेत गार्हो भएको थियो हामी सबै मिलेर यस्ता घटनाको सामना गर्नुपर्ने बताए ।
अहिले जिल्लामा अपराधका नयाँ नयाँ घटना घट्दै गइरहेको सामाजिक संजालकाे दुरुपयोग गरि साइबर अपराधका घटना सम्बन्धि उजुरी बढी आइरहेको यो नै अहिलेकाे चुनाैतीकाे बिषय रहेको प्रहरी प्रमुख कडेलले बताए ।
६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता ,टेबलटेनिस प्रतियोगिता ,डाैड प्रतियाेगीतामा प्रथम दृतीय ,तृतीय हुने प्रहरी जवानलाई प्रमाणपत्र प्रदान गरिएको थियोे ।विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सम्मानपत्र, पुरस्कार बाट पुरस्कृत गरिएको छ ।
प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय बाट उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कडेल र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेलाइ पुरस्कृत गरेको थियो ।
















