
बागलुङ / जिल्लाको ताराखाेला गाउँ पालिका घर भइ बागलुङ नगरपालिका ३ बस्ने केशव पुन आफ्नो छाेरालाइ काँठेखाेलामा फालेका छन् ।
पुनले आफ्नो अन्दाजी ६ बर्षिय छाेरा किस्मत पुनलाई काँठेखाेलामा फालेको स्थानीय प्रत्येक्षदर्शिले खबर गरेपछि प्रहरीले खाेजतलास गर्दा खाेला देखि २ सय मिटर तल खाेलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी शुनिल शर्मा चिलुवालले बताए ।
निज खोलामा फाल्ने व्यक्तिलाई नियन्त्रणमा लिएको, शव घटनास्थलमा नै रहेको,थप अनुसन्धान तथा कानुनी प्रकृयाको शुरू भएको प्रहरीले जनाएको छ ।









