बागलुङ नगरपालिका-१३ को वडा अध्यक्षमा काङ्ग्रेसका ४ आकांक्षी

-


     राजनीति व्यूरो     
     चैत्र २२ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन आउन ४० दिन बाँकी रहँदै गर्दा बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुंपाटाकाे वडा अध्यक्ष बन्नकाे लागि स्थानीय नेताहरूको दौडधुप बढेको छ ।


बागलुङ नगरपालिका भित्र नेपाली काङ्ग्रेसको जनमत बढि भएको वडा मध्ये पर्ने पैयुँपाटामा काङ्ग्रेसबाट वडा अध्यक्ष बन्न ४ जना आकांक्षी देखिएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको वडामा यस पटक हालका वडा अध्यक्ष नारायण पाैडेलले नगर प्रमुखमा आकांक्षी रहेकाले आगामी बैशाख ३० निर्वाचनमा वडा अध्यक्ष बन्न नेपाली कांग्रेसका ४ जना आकांक्षी देखिएका छन् ।

वडा अध्यक्षमा नेपाली कांग्रेस वडा नम्बर १३ का सभापति चन्द्र बहादुर केसी, नेपाली कांग्रेस बागलुङ नगर समितिका उप-सभापति नारायण पाैडेल, ट्रेड युनियन काङ्ग्रेस गण्डकी प्रदेश उपाध्यक्ष रामप्रसाद अधिकारी र क्षेत्रीय प्रतिनिधि दुर्गा बहादुर बाेहाेरा क्षेत्री आकांक्षा रहेको जनाइएको छ ।

बागलुङमा यस पटकको स्थानीय तहको निर्वाचनमाे नेपाली कांग्रेस, माआ‌ेवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बिच चुनावी गठबन्धन गरेर जान निर्णय भएर कार्यदल समेत बनेपछि चुनावी महोल बढेको देखिन्छ ।