बागलुङको दक्षिण जाेड्ने सडक सुचारू

-

     हिडन खबर    
     असाेज २२ गते २०८१ मा प्रकाशित

बागलुङ / गत असार देखी बन्द रहेको बागलुङको दक्षिण भेग जाेड्ने सडक खण्ड लामो प्रयासपछि संचालन आएको छ ।

बागलुङको दक्षिण भेग जोड्ने दुई वटै सडक मालढुंगा कुश्मिसेरा सडक र कालिगण्डकी करिडोर सडक दब्ल्याङको पहिरोका कारण बन्द रहेको थियो ।

करिडोर केही दिन पहिले देखी संचालनमा आएको छ भने मंगलबार देखी मालढुंगा देखी बलेवा हुँदै कुश्मिसेरा र भैरवस्थान जाने सडक पनि संचालनमा आएको छ । दशैको समयमा जसरी भए पनि सडक सूचारु गर्नुपर्छ भनेर सराेकारवाला टिम लागि परेको कारण सडक सुचारू भएको छ ।

लामो समयसम्म कष्टकर यात्रा गर्न बाध्य रहेका दक्षिण भेगका सर्वसाधारण लाई सडक सुचारू भएपछि सहज भए छ भने बिरामी बृद्वबृद्वा बिद्यार्थी आम नागरिक लाई राहत भएको छ ।दशै मनाउन घर घर जान यातायात समेत सहजरूपमा संचालन हुने भएको छ ।

हिजोको दिनमा गाउँ गाउँमा ठाउँ ठाउँमा सडक पुर्याउने नाममा जथाभावी रूपमा खनिएका सडकको कारण राष्ट्रिय गाैरवकाे योजना कालीगण्डकी करिडोर र एडिवि सडक ठूलो पानी पर्दा भएको सडक नै बगाएर लैजाने गरेको कारण ठूलो सास्ती भाेग्दै आएका छन् ।