साँढेलाई जतिसुकै कनाएपनि दूध दिदैन : राप्रपा अध्यक्ष लिङ्देन

-


     हिडन खबर    
     चैत्र २२ गते २०७८ मा प्रकाशित


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राप्रपाको विकल्प नरहेको बताएका छन् । बागलुङमा आयोजित सभामा नोपलमा अन्य दल सँग जनता आजित भएको बताएका हुन ।

पटक पटक जनमत पाएर पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देश बनाउन नसकेको आरोप लगाएका छन् । अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई पटक पटक देश विकासको नेतृत्व गर्ने अवसर पाउदा काम नगरेकोले ति पार्टीको विकल्पमा राप्रपा रहेको बताए ।

उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे ।
वाईट राजेन्द्र लिङ्देल लिङ्देनले कतिपटक प्रधानमन्त्री भइयो भने देशको विकास गर्ने भन्दै शेरबहादुर देउवालाई कट्टाक्ष गरे ।

साँढे लाई जतिसुकै कनाए पनि बाल्टी थापे पनि दूध नदिने भन्दै अहिले सरकारमा बस्नेहरू साँढे जस्तै भएको अध्यक्ष लिङ्देनले बताए । मोटर साइकलमा तेल हालिदिएको भरमा मासु खुवाएको भरमा भोट हाल्ने गलत काम यसपटक गर्न नहुने अध्यक्ष लिङ्देनले बताए ।

सभामा राप्रपाका महामन्त्री ज्ञानेन्द्र शाहीले बागलुङ नगरपालिका भित्र व्यापक भ्रष्टाचार भएको २९ करोड भन्दा बढी रकम बेरुजु भएको तथ्यांक सार्वजनिक गर्दै भ्रष्टाचार मुक्त नगर बनाउन राप्रपा लाई स्थानीय तहमा निर्वाचित गराउन अनुरोध गरेका थिए ।

राप्रपाका नेता तथा कार्यकर्ताहरू बागलुङ सदरमुकाममा पन्चे बाजा गाजा सहित नारा लगाउदै नगर परिक्रमा गरेका थिए । निर्वाचन घोषणा भएपछि बागलुङ जिल्लामा राप्रपाको पहिलो चुनावी सभा हो । नारा जुलुस ,मोटर साईकल ¥याली सहित नगर परिक्रमा गरेको थियो ।