गायक युवराजको दशै कोसेली सार्वजनिक

-


     हिडन खबर    
     असाेज १८ गते २०८१ मा प्रकाशित


काठमाडौं /नेपालीहरूकाे महानचाड बिजया दशमीकाे अवसरमा युवा गायक तथा संगीतकार युवराज मगर र समीक्षा अधिकारीको आवाजमा नयाँ गीत ‘परदेशीको सम्झनाले छाती चर्कियो’ बजारमा आएको छ ।

दसैंको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको गीतमा शब्द र संगीत पनि मगरकै रहेको छ ।

रोजगारको सिलसिलामा विदेशमा रहेको सन्तानले चाडपर्वका समयमा घर फर्किन नपाएको र घरमा रहेका बाआमाको सम्झनामा बिताउनु परेको कथालाई गीतका शब्द र भिडियोमा प्रस्तुत गरिएको छ।

‘युवराज मगर’ युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा गणेश मान घले र जुना गुरुङको अभिनय रहेको भिडियो निर्देशन पनि उनकै रहेको छ ।

सिनेमाटोग्राफर करण चैसिर र बन्दे प्रसादले सम्पादन गरेका छन् । गीत सुनेर सल्लाह, सुझाव, प्रतिक्रिया दिन दर्शक तथा श्रोतालाई मगरले अनुरोध गरेका छन् ।