अविरल बर्षाकाे जनधनको क्षतिप्रति माआ‌ेवादी अध्यक्ष प्रचण्ड द्वारा दुख ब्यक्त

-


     हिडन खबर    
     असाेज १३ गते २०८१ मा प्रकाशित


काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको घटनामा दुख ब्यक्त गर्दै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

ठूलो संख्यामा बेपत्ता र घाइते भएकाे हजारौं नागरिक घरवारविहीन भएकाे बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको भन्दै अध्यक्ष दाहालले जनाउनुभएकाे छ ।

राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भन्नू भएको छ ।

अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु भनेर दाहालले भन्नुभएको छ ।

भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ भनेर अध्यक्ष दाहालले भन्नुभएको छ ।