अविरल बर्षाले बिद्धुत पाेलमा क्षति खानेपानी वितरणमा समस्या

-


     हिडन खबर    
     असाेज १२ गते २०८१ मा प्रकाशित


काठमाडौं / बिहीबार देखि परेको अविरल वर्षाका कारण
चन्द्रागिरि नगरपालिका मातातिर्थ महादेवस्थान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा संचालित खानेपानी ट्याङ्की वरिपरि रहेको बिद्धुतकाे पाेलमा क्षति पुग्न गएको छ ।

चन्दागिरि ७ महाँकालथानमा पहिरो जाँदा महादेवस्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिको पाले घर, जेनेटर हाउस , पर्खाल र गेट लगायत भौतिक संरचनामा क्षति पुगेको समितिका काेषाध्यक्ष बिना राेकायले बताए ।

त्यस्तै अविरल बर्षाकाे कारण वनदेवी मन्दिर नजिकैको बिजुलीको पोल ढलेको कारण पम्प हाउसमा विद्युत आपूर्ति अवरुद्ध भएको राेकायले बताए ।

महाँकालथान र वनदेवीमा गएको पहिरोले बिजुलीको पोलमा समेत क्षति पुगेकोले नियमितरूपमा वितरण गर्दै आएको खानेपानी आइतबार बिहान वितरण गर्न नसकिने उपभोक्ता समितिले सूचना जारी गरेको छ ।