सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा पुर्व वडा अध्यक्ष सहित दुई जनाको मृत्यु

-


     हिडन खबर    
     असाेज १२ गते २०८१ मा प्रकाशित


सिन्धुपाल्चोक / लगातार रूपमा दुई दिनदेखि परेको वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखुपाख गाउँपालिका ३ का पूर्व वडाध्यक्ष दम्पतीको मृत्यु भएको छ ।

गएरातिको पहिरोले घर पुरीएर लिसंखुपाखर –३ का पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए ।

राति करिब १ बजे आएको पहिरोमा परी उनिहरुको घटनास्थलमै मृत्युु भएको अध्यक्ष लामाले बताए ।

पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएपनि उनिहरुको जिवितै उद्धार गर्न नसकिएको हो ।

अविरल बर्षापछिको पहिरोका कारण सिन्धुपाल्चोकको अधिकांश सडक मार्ग अवरुद्ध भएको छ । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्ग लगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएको छ ।