
बागलुङ / अविरल रूपमा परेको बर्षाकाे कारण बागलुङ नगरपालिकामा एउटा घरमा क्षति पुगेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ९ खुकुरे डाँडा बस्ने लालबहादुर दमाईकाे ढुंगा माटोले बनेको दुई तले कच्ची घरमा अविरल बर्षाकाे कारण घरकाे बार्दली देखि एक पाखे गाराे भत्किएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घरको एक भाग भत्किएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि लगातार रूपमा वर्षा भइरहेको अरू ठाउँमा के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म नआएको प्रहरीले जनाएको छ ।









