
कास्की / राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालले लाेक दाेहाेरी गायिका सम्झना भण्डारी र गायक कुशल वेलवासेलाई बर्षकै उत्कृष्ट गायक गायिकामा सम्मान गरिएको छ ।
प्रतिष्ठानले बर्ष भरिकाे कार्य सम्पादनका आधारमा गायिका भण्डारी र गायक कुशल वेलवासेलाई सम्मान गरेकाे हाे ।
उनीहरू लाई शनिबार पाेखरामा आयाेजित लाेक दाेहाेरी गीत प्रतिष्ठान नेपालकाे २४औं केन्द्रीय वार्षिक साधारणसभा विधान अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय शुरेन्द्रराज पाण्डेले सम्मान गर्नु भएकाे हाे ।
सम्मानित गायिका भण्डारी पछिल्लाे समयमा विभिन्न मेला महाेत्सबमा संस्कृति झल्किने भेषभुषामा देखिने गर्छिन उनी लमजुङकि स्थायी बासिन्दा हुन । उनका बत्ति बाल्नु पर्देन त्याे गाउमा, कपाल काेरेर, स्याङजा जाने बाटैमा तनहु,आैंठि बेरूवाकाे,छिनछिन चुरा,मलेखु, घासै काटाै खाेली दाेभान,क्यार्न माया मारिचाै,सिमल छाँयाले,जन्तै जाम्ला भतेरै खाम्ला,हैन र माया,तिम्राे गाउमा कुरा काटेकाे, थुप्रै गीतहरू हिट छन ।
यस्तै गायक वेलवासे अर्घाखाची निवासी हुन भने उनका मत भुईसरी,हिजाे रातै भरि,सनिसारा,किनारा,हातैका पाैजाले,ए मुना,लाकुरे छाँयाले,जस्ता आवाजमा रहेका गित हिट छन।










