
केपि कुमार जलन
तीज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन् । यसै क्रममा गायिका पुजा पुरीकाे यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी गित वैरागीलाई न दशैं तिहार गित’ बजारमा सार्वजानीक भएकाे छ ।
यो गीतको भिडियो रामहरी भण्डारी अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।यो गीतमा गायक रामहरी भण्डारी लाई गायिका पुजा पुरीले स्वरमा साथ दिएकी छन् ।
गीतमा गरिवहरुको दशैं कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ ।दशैं पर्व गरिबहरुका लागि दशा बन्ने गरेकोले सो पीडालाई यो गीतमा उतारेको गायिका पुजा पुरीले बताईन ।
बैकुण्ठ घिमिरेकाे शब्द रामहरी भण्डारीकाे संगित रहेकाे गितमा गायिका पुजा पुरी र रामहरी भण्डारीकाे अाबजमा रहेकाे छ।
गितकाे भिडियाेमादिनेश तामाङ र पुजा पुरीकाे मुख्य भुमिका रहेकाे छ। उमेश कार्किकाे निर्देशन सराेज शाहीकाे छाँयाङकन र राेशन धितालकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे रामहरी भण्डारी अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।









