
बागलुङ । बिद्धुतिय काराेवार ऐन अनुसार बागलुङ नगरपालिकाकाे उजुरीको आधारमा पक्राउ परेका एकबहादुर केसीलाई प्रहरीले ५ दिनको म्याद थप गरेको छ
पक्राउ परेका केसीलाई जिल्ला अदालत बागलुङले अनुसन्धानकाे लागि ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी सुनील शर्मा चिलुवालले बताए ।
केसीले सामाजिक संजाल फेसबुकमा सामाजिक सद्भाव खलबल पुर्याउने सामाग्री प्रकाशन गरेको भनी बागलुङ नगरपालिका कार्यपालिकामा कार्यरत सुवास गैरेकाे जाहेरीले वादी नेपाल सरकार प्रतिवादी एकबहादुर केसी
भएको बिद्धुतिय काराेवार ऐन २०६३ काे मुद्दा दर्ता भइ
निज केसीलाई ५ दिन म्याद थपेर अनुसन्धान शुरू गरेको सुचना अधिकारी शर्मा चिलुवालले बताए ।
बागलुङ सदरमुकाममा रहेको बसपार्क उद्घाटन भएर पनि नियमितरूपमा बसपार्क बाट बस नछुटेकाे भन्दै आक्राेशीत भएर बागलुङ बसपार्कमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनावरण गरेको शिलालेख घनले तोड्फोड गर्ने अभिव्यक्ति दिएका थिए ।
गत भदौ १८ गते बागलुङ बसपार्क मुख्यमन्त्री पाण्डेले भब्य समारोह बिच उद्घाटन गर्नु भएको थियो ।










