
बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन हुने निश्चित हुदै गएपछि बागलुङ नगरपालिकामा नगर प्रमुख बन्ने आकांक्षी एकपछि अर्को थपिदै जान थालेका छन् । निर्वाचन नजिकिदै गर्दा बागलुङ नगरपालिकामा नगर प्रमुख बन्न थप ७ जना आकांक्षी देखिएका हुन् ।
प्रतिगमन बिरूद्व गठबन्धन गरेका नेपाली कांग्रेस, माआेवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेपछि स्थानीय तहमा चुनाव लड्ने आकांक्षी बढ्दै गएको देखिन्छ ।
बागलुङ नगरपालिकाकाे नगर प्रमुख बन्न नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता बिष्णु पाैडेल दारीले यसपटक
आफ्नो सशक्त दाबी रहेको हिडन खबर लाई बताउनुभयो । २०५७ सालदेखि बिद्यार्थी राजनीति शुरू गर्नु भएका पाैडेल त्रिचन्द्र कलेज स्ववियु उपसभापति, नेपाल बिद्यार्थी संघ क्याम्पस इकाई सभापति भएर बिद्यार्थी राजनीति गरेको अनुभवकाे आधारमा नगरपालिका हाक्ने बताउनु भयो । युवाले जिम्मेवारी लिएर बागलुङलाई सुन्दर र नमुना नगरपालिका बनाउने योजना साथ आफ्नो दावी रहेको नेता पाैडेलले बताउनुभयो । अध्ययनकाे हिसाबले राजनीति शास्त्र, मानव शास्त्र र ग्रामीण विकास बिषयमा एमए पास गरेका पाैडेलले मानव शास्त्रमा एमफिल समेत गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका पुराना नेता कृष्ण शंकर श्रेष्ठ, नेपाली कांग्रेसका पुर्व नगर सभापति महेन्द्र आचार्य, महिला नेतृ पार्वती आचार्य पनि आकांक्षी भएको बताउनुभयाे ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदमा वडा नम्बर ५ का वडा अध्यक्ष शिव प्रसाद सापकोटाले यसपटक स्थानीय निकायको निर्वाचनमा सशक्त दाबी रहेको हिडन खबर लाई बताउनुभयो ।
नेपाली कांग्रेस (विपी )का जिल्ला सभापति धना आचार्यले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदमा आकांक्षी रहेको बताउनुभयो ।
यसपटककाे निर्वाचनमा पनि बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा बागलुङ नगरपालिका वडा १ निवासी नितु खड्काले स्वतन्त्र उमेदवारी दिने घाेषणा गरेकाे छन् । स्थानीय तहमा दल भन्दा पनि स्वतन्त्र ब्यक्ति हुनुपर्छ भन्ने मान्यता अनुसार यसपटक बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा उमेदवारी दिने तयारी गरिरहेकाे हिडन खबर लाई बताउनुभयो ।
यसपटक स्थानीय तहको निर्वाचनमा राजनीतिक गठबन्धन गरेर जाने बागलुङका प्रमुख राजनीतिकदल सहमत भएको कारणले यसपटकको निर्वाचन निकै पेचिलाे हुने देखिन्छ । यो पनि पढ्नुहोस् https://hiddenkhabar.com/2022/03/05/686/ https://hiddenkhabar.com/2022/03/04/659/












