
बागलुङ /बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर १ मा चट्याङ परेर ५ घरमा क्षति पुगेको छ ।
जैमिनि नगरपालिका १ भण्डारमा मंगलबार राति परेको चट्याङ लागेर ५ स्थानीय ५ जनाको घरमा जडान गरेको बिद्धुतकाे मिटरमा क्षति पुगेको स्थानीय संचारकर्मि सुजन आचार्यले बताए ।
चट्याङले जैमिनि नगरपालिका १ भण्डारमा ५ का खगेश्वरी पाध्या ,पशुपति जैसी, भागिरथी पाध्या , नन्दकला पाध्या, मनरुपा पाध्याकाे विधुत मिटर बकस जल्नुका साथै एम सि बि र घरकाे वाइरिङ समेत पुर्ण रूपमा क्षति पुगेपनि चट्याङबाट मानवीय क्षति भने नभयकाे आचार्यले बताए ।









