लालिगुराँस युवा क्लब मालिकाकाे दशै मेला असाेज २२ गते देखि हुने

-


     हिडन खबर    
     असाेज ९ गते २०८१ मा प्रकाशित


बागलुङ ।आउदै गरेकाे बिजय दशमीकाे अवसरमा बागलुङ नगरपालीका ५ मालीका स्थित घट्टाखाेलामा बिबिध खेलुकद तथा सास्कृतीक कार्यक्रम हुनेभएको छ ।

लालिगुराँस युवा क्लबकाे आयोजनामा यहीँ असाेज २२ गते देखि २४ गते सम्म विविध प्रतियाेगितात्मक कार्यक्रमहरू हुने भएकाे छ ।

मेलामा भलिबल प्रतियाेगिता , महिला छेलाे प्रतियाेगिता, महिला रस्साकस्सि प्रतियाेगिता, एकल नृत्य प्रतियाेगिता र घैटाेफाेर प्रतियाेगिता जस्ता कार्यक्रमहरू संचालन हुने भएकाे छ ।

मेलाकै अवसर पारेर सामुदायिक भवन उद्वघाटन संगै जग्गादाता लाई सम्मान गर्ने कार्यक्रम रहेकाे मेलाका संयाेजक विकेन्द्र परीयारले बताए ।

नब निर्मित भवन आर्थिक बर्ष ०७९/८० को बागलुङ नगरपालिका बाट “झाप्राखर्क दलित सामुदायिक भवन निर्माण” शीर्षकमा छुट्टाईएकाे विनियोजित १० लाख बाट भवन निर्माण कार्य सम्पन्न भएकाे थियाे ।