
बागलुङ असाेज ८
बागलुङमा एकजना महिलाको शव फेला परेको छ ।
बागलुङ जिल्ला वडिगाड गाउँपालिका वडा नम्बर ५
गाईघाट स्थित खाेलामा १६ बर्षिय युवतीको लास फेला परेको हाे ।
मृतक जिल्ला बागलुङ ढोरपाटन न.पा.०३ पुर्कोट घर भई हाल छरछरे ठुलोबाबा महलाल गिरीको घरमा बस्ने थम बहादुर गिरीको छोरी बर्ष १६ की झरना भन्ने पवित्रा गिरी रहेकी भनि मृतकको ठुलोबुवा महलाल गिरीले सनाखत गरेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
महिलाको शव देखिएको खबर प्राप्त हुनासाथ प्रहरी टाेली परिचालन गरि पाेष्टमार्टमकाे लागि पठाएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









