छविलाल जाेशीलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

-


     हिडन खबर    
     असाेज ७ गते २०८१ मा प्रकाशित


पोखरा ।असाेज ७ सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशी लाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत कास्कीले साे आदेश दिएको हो ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको छानबिन विशेष समितिले देखाएको छ ।

गण्डकी प्रदेशको कास्की पाेखरामा आज सहकारी पीडितहरूले रवि लामिछाने लाइ पक्राउ गरि कार्वाही गर्न नाराबाजी गरेका थिए भने रवि लामिछानेका समर्थक रास्वपाका कार्यकर्ताहरूले लामिछानेको पक्षमा नारा लगाउने काम गरेका थिए ।