
६ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले बताए
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रसाईंलाई पक्राउ गर्न वर्तमान प्रधानमन्त्री केपी शर्मा आेलीले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पटकपटक
आग्रह गरेपनि प्रसाईं लाई पक्राउ गरेको थिएन ।
















