बागलुङ नगरपालिका-५ काे वडा अध्यक्षमा दुई पार्टीका ८ आकांक्षी

-


     हिडन खबर    
     चैत्र २१ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन नजिकिए संगै स्थानीय तहमा जनप्रतिनिधि हुनका लागि आकांक्षी खुलेर आएका छन् । बैशाख ३० गते निर्वाचन हुने लगभग सुनिश्चित बन्दै जान थालेपछि उमेदवारकाे चर्चा परिचर्चा शुरू भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष बन्नका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अहिलेसम्म ४ जना आकांक्षी बाहिर देखिएका छन् । बागलुङ नगरपालिका कार्यपालिका सदस्य कालिका सापकोटा, नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य हरि शर्मा, एमाले जिल्ला सदस्य काेपीला खरेल सापकोटा एमाले वडा कमिटी अध्यक्ष गोबिन्द सापकोटा,वडा अध्यक्षकाे लागि आकांक्षी भएको हिडन खबर लाई बताउनुभयो ।

यस्तै नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा फुलप्रसाद सापकोटा ,चन्द्र प्रसाद सापकोटा ,मुक्तिराम सापकोटा ,तुलसीराम सापकोटा ,लगायतका स्थानीय नेताहरू आकांक्षी देखिएका छन् ।
यसपटक ५ राजनीति पार्टीको गठबन्धन हुने भएको कारणले पनि दलबाट उमेदवार बन्नका लागि आकांक्षी बढी देखिन्छन् ।
जिल्लामा गठबन्धन दलको बैठक बसेर छिट्टै कार्यविधि बनाउने भएको कारण पनि गाउँ गाउँमा चुनावी चहलपहल बढेर गएको देखिन्छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाकाे वडा नम्बर ५ बाट वडा अध्यक्षमा एमालेका शिव प्रसाद सापकोटा बिजयी भएका थिए ।