बागलुङ पिकअप दुर्घटनामृत्यु हुनेमा रूकुम पूर्व पुथा उत्तरगंगाका उपाध्यक्ष

-


     हिडन खबर    
     भाद्र २८ गते २०८१ मा प्रकाशित


बागलुङ भदौ २८

बागलुङको गलकोट नगरपालिका वडा नम्बर २भुङखानीमा दुर्घटना परेको पिकअप सरकारी गाडी भएको पुष्टि भएको छ ।

रा १ झ २०० नम्बरको सवारीसाधन रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको ।
मृतक मध्य एक जना रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा ( महिला) रहेको प्रहरीले जनाएको छ ।बाकी एकजना मृतक र घाइतेको परिचय भने अहिलेसम्म खुलेको छैन ।