
बागलुङ भदौ २८
बागलुङ जिल्लाकाे गल्कोट नगरपालिकाको वडा नम्बर २ भुङखानि स्थित मध्यपहाडी लाेकमार्गमा रा १ झ २०० नम्बरको पिकअप दुर्घटना भएको छ ।
पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मृत्युु हुने मध्य दुई जना महिला र एकजना पुरूष रहेको
प्रहरीले जनाएकाे छ । पिकअपमा सवार एकजना घाइते लाई उद्वार गरि उपचारको लागि धाैलागिरि अस्पताल बागलुङ पठाइएको छ ।
घटनाको थप विवरण आउन बाकी रहेको प्रहरी जनाएको छ ।









