५ दलीय गठबन्धनले बनायो स्थानीय निर्वाचनमा जान ५ सदस्य कार्यदल

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र २१ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लामा एमाले बिरूद्व ५ नेपाली कांग्रेस लगायतका राजनीति दलले स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति गरेपछि राजनीतिमा नयाँ तरङ्ग आएको छ ।

दुई दुई पटक संसद विघटन गरेर गरेर केपी शर्मा आ‌ेलीले प्रतिगमन गरेको भन्दै केन्द्रीय राजनीतिमा बनेको राजनीति गठबन्धन यतिबेला सक्रिय हुन थालेको छ ।बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा क्रियाशील ५ राजनीतिकदलकाे बैठक शुरू भएको छ ।

नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट एकीकृत समाजवादी पार्टी र
जनता समाजवादी नेपाल बिच चुनावी गठबन्धन गरेर जानकाे लागि बागलुङ सदरमुकाममा बैठक प्रारम्भ भएको नेपाली कांग्रेसका सभापति जीत बहादुर शेरचनले बताए ।

नेपाली कांग्रेस जिल्ला सभापति जीत शेरचनको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय पालिका स्तरदेखि वडा तहसम्म एक भएर अगाडि बढ्ने निर्णय गरेको छ ।

बैठकले सबै दलका एक एक जना प्रतिनिधी रहने गरी पाँच सदस्यीय कार्यदलसमेत निर्माण गरेको छ । कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, नेकपा एकीकृत समाजवादीका गोविन्द गौतम, जनता समाजवादीका कृष्ण शर्मा र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल रहनुभएको छ । कार्यदलले वडा तहसम्म अध्ययन गरी आगामी चैत २२ गते भित्र केन्द्रमा प्रतिवेदन बुझाउने छ।

यस्तै, जिल्लामा निर्वाचनका लागि सैद्धान्तिक र नीतिगत छलफल गर्न एक राजनैतिक दलबाट २ जना प्रतिनिधि रहने गरी १० जनाको कार्यदल समेत निर्माण गरिने छ । त्यसका लागि हरेक दलले दुई/दुई जनाको नाम सिफारिस गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।

जिल्ला तहमा कुन ठाँउमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने अहिले निर्णय भएको छैन । निर्वाचनमा तल्लो तहसम्म नै अध्ययन गरेर जन भावना अनुसार उम्मेदवार छनौट हुने गरी संयन्त्र निर्माण गरिने योजना बनाएको छ ।

बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,ढाेरपाटन नगरपालिका ,
जैमुनी नगरपालिका ,काँठेखाेला गाउँ पालिका ,वडीगाड गाउँ पालिका ,ताराखाेला गाउँ पालिका ,तमान खाेला गाउँ पालिका ,
निसी खाेला गाउँ पालिका ,बरेङ गाउँ पालिकामा गठबन्धन दल बिच संयुक्त चुनावी गठबन्धन गरेर जानकाे लागि छलफल शुरू भएको नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका इन्चार्ज वलावती शर्माले बताए ।

प्रतिगमन बिरूद्वकाे लडाइ सफल बनाउन हिजो जसरी एकजुट भयौं अब स्थानीय तहको निर्वाचनमा समेत ५ राजनीतिक गठबन्धनका दल एकजुट भएर स्थानीय तहमा पनि प्रतिगमनकारी शक्ति लाई परास्त गर्नुपर्ने राष्ट्रिय जनमाेर्चाका नेता राजेन्द्र ढुंगानाले बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रीय निति अनुसार बागलुङ जिल्लामा समेत ५ राजनीतिदलको बिचमा
चुनावी गठबन्धन गरेर जाने कुरामा सबै सहमत भएको कारण बैठक शुरू गरेको अब केही दिनभित्रै निष्कर्ष निकाल्ने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष रामजी प्रसाद शर्माले बताए ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गलकाेट नगरपालिका ,जैमुनी नगरपालिका ,तमान खाेला गाउँ पालिका ,निसी खाेला गाउँ पालिकामा बिजय भएको थियो । माआ‌ेवादी केन्द्रले ताराखाेला गाउँ पालिका राजमाेले बरेङ गाउँ पालिका बिजय भएको थियो ।यस्तै एमालेले बागलुङ नगरपालिका ,ढाेरपाटन नगरपालिका ,र काठेखाेला गाउँ पालिका र बडिगाड गाउँ पालिकामा बिजय भएको थियो ।

बागलुङ मा पनि पाँचदलिय गठबन्धन सहित स्थानीय निर्वाचन मा कार्यगत एकता गर्ने प्रतिवद्धता सहित पहिलो औपचारिक बैठक सम्पन्न भएपछि राजनीतिमा नयाँ तरङ्ग छाएको छ ।