
काठमाडौं / भोलि बस्ने संवैधानिक परिषद् बैठकको तयारी स्वरुप आज प्रधानमन्त्री केपी शर्मा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा संभव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।









