माओवादी केन्द्रको परामर्श बैठक: मधेश प्रदेशमा ४६ नेताले दिए सुझाव

-


     हिडन खबर    
     भाद्र २५ गते २०८१ मा प्रकाशित


महोत्तरी, २५ भदौ । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । बैठकको पहिलो दिन सहभागीहरुले सुझाव दिने क्रम सकिएको छ।

बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ४६ जना नेताले सुझाव दिएको माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

सुझाव दिने नेताहरुले पार्टीलाई थप सुदृढ र एकताबद्व गरेर लैजानुपर्नेमा जोड दिदै संगठन सुदृढीकरण र जनपरिचालनका ठोस कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।
भोलि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक सकिनेछ ।

यसैबीच अध्यक्ष प्रचण्डले भोलि विहान रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको स्मृतिमा आयोजना हुने श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो । घरपरिवार र राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धान गर्न माग गर्दै आएका छन् ।