
बागलुङ / भदौ २५ बुर्तिबाङ राईजिङ युवा क्लवले अघिल्लो वर्ष आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला २०८० को खर्च तथा आम्दानि विवरण सार्वजनिक गरेको छ ।
ढोरपाटन नगरपालिका लगायत बिभिन्न सरकारी तथा गैर सरकारी सस्था उधोगि व्यापारी गरि विभिन्न शिर्षकमा गरेर क्लवले कुल आम्दानि १८४५९२७ रुपिया रहेको छ । त्यस्तै गरि कार्यक्रमको खर्च रकम २२२६६२० रुपिया रहेको छ ।
आम्दानी भन्दा खर्च केहि बढि हुन गएको र ३०५६०३ रकम घाटा भएको १८०१०० उठाउन बाकि रहेको र फेरि यो वर्ष पनि कार्यक्रम आयोजना गरि पुर्ति गरिने र यो वर्ष क्लवलाई नाफामा लैजाने आयोजकले बताएको छ ।
पुरुस भलिबल महिला भलिबल दोहोरि गीत लोक नृत्य तथा महिला पुरुस लठो तान्ने ,छेलो ,पुरूष महिला म्याराथन , ओपन आई टि एफ तेक्वान्डो च्याम्पियनशिप् भेट्रान्स आदि लगायतका प्रतियोगितात्मक कार्यक्रम यस वर्ष पनि आयोजना गरिने अध्यक्ष कर्मा बिकले बताए ।
सामाजिक अपराध न्युनिकरणको लागि नेपाल प्रहरीद्वारा नाटक प्रदर्शनी गर्न काठमाडौं बाट टाेली आउने विकले बताए ।









