बागलुङमा खोलाले बगाउँदा बेपत्ता भएका युवाको शव फेला पर्या

-


     हिडन खबर    
     भाद्र २१ गते २०८१ मा प्रकाशित


बागलुङ, २१ भदौं बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भइ बेपत्ता भएका युवाको शव फेला परेको छ ।

बेपत्ता भएका २० बर्षिय कमल सापकोटाकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहिबार राती परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकल सहित तीन युवालाई बगाएको मा तीनजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बर को स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षिय अर्जुन सापकोटा र २२ वर्षिय अविशेक रेग्मी र २० बर्षिय कमल सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी यादवले बताए ।

मृत्तक तीनजनाको शव पोष्टमार्टमको लागि धौलागिरि अस्पतालमा ल्याईएको छ ।