एकीकृत समाजवादी बागलुङको संयाेजकमा गाैतम

-


     हिडन खबर    
     भाद्र २० गते २०८१ मा प्रकाशित


बागलुङ ,एकीकृत समाजवादी बागलुङको सिंगाे पार्टी एमाले जिल्ला कमिटी बागलुङमा समाहित भएको एकसातापछि एकीकृत समाजवादी केन्द्रले बागलुङ जिल्लामा पिगंलराज गाैतमलाई संयाेजककाे जिम्मेवारी दिएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय महासचिव घनश्याम भुसालले भदौ २० गते एकीकृत समाजवादी बागलुङका समाजवादीका सचिवालय सदस्य गाैतमलाइ जिल्लाकाे जिम्मेवारी दिएको हाे ।

केही दिनअघि एकीकृत समाजवादीकाे सिंगो पार्टी एमालेमा समाहित भएको घाेषणा गरि पार्टीका अध्यक्ष लालबहादुर थापाले पार्टीको माइनट बुक समेत एमालेलाई बुझाएको थियोे ।

एकीकृत समाजवादी बागलुङका सचिवालय सदस्य शालिकराम शर्मा ,जीवन आचार्य ,श्याम पुन ,याम श्रीस ,बेदप्रसाद शर्मा हरि घर्ती मगर ,पिंगल राज गाैतम ,प्रदीप आचार्य ,सुरज बाेसेल ,पार्टीमा कायमै रहेको
एकीकृत समाजवादीका सचिवालय सदस्य शालिकराम शर्माले बताए ।

एकीकृत समाजवादी बागलुङको भदौ २९ गते बैठक आव्हान गरिएको बैठकले कार्यसमितिकाे पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको जिल्ला संयाेजक पिंगलराज गाैतमले बताए ।

केही दिनअघि एमालेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापा सचिवालय सदस्य केशर छन्त्याल ,भरत पुरी ,केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा ,प्रदेश सदस्य भुपाल चालिसे लगायतका एमालेमा समाहित भएका थिए ।