जेष्ठ नागरिक भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ लगाइयो

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र २० गते २०८१ मा प्रकाशित



काठमाडौं भदौ २०समाजमा रहेका जेष्ठ नागरिक संस्था प्रति सरकार लगायत सराेकारवालाले बेवास्ता गरेपछि काठमाडौ चन्द्रागिरि नगरपालिकाका जेष्ठ नागरिक संस्था श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर आफ्नो भवन बनाउन कम्मर कसेर अगाडि बढेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित श्री चन्द्रागिरि जेष्ठ नागरिक समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरि जेष्ठ नागरिक समाज धार्मिक महोत्सव २०८१ शुरू भएको छ ।

चन्द्रागिरि जेष्ठ नागरिक समाजलाई जग्गा खरिद गरेर भवन निर्माणार्थ आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे पहिलो दिन शाेभा कलश यात्रा गरेर महायज्ञ प्रारम्भ गरियो ।

जेष्ठ नागरिक अलपत्र रहेको अलपत्रमा रहेका जेष्ठ नागरिकले जग्गा खरिद गरि भवन बनाउने एकमात्र उदेश्य रहेको श्रीमद्भागवत ज्ञान महायज्ञ मुल समारोह समितिका सचिव गाेपाल कृष्ण पाैडेलले बताए ।

श्रीमद्भागवत महायज्ञ सफल बनाउन चन्द्रागिरि जेष्ठ नागरिक समाजका बुबाहरूले धेरै मेहनत गरेको कामलाई सफल बनाउन चन्द्रागिरि नगरपालिका भित्रका सबैले सहयोग गरिरहेकाे स्थानीय जनप्रतिनिधि लक्ष्मी थापाले बताए ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ भित्र सार्वजनिक जग्गा ठाउँ ठाउँमा भएपनि जेष्ठ नागरिक समाजको लागि भवन निर्माण गर्न आफ्नो लालपुर्जा सहितको जग्गा हुनुपर्ने प्रावधान छ ।

कलस यात्रा चन्दनभराटेश्वर मन्दिरकाे प्राङ्गण हुदै  बालागाऊँ कुवा , मातातीर्थ कुण्ड हुँदै अष्टमात्रिका मन्दिर , ईटाखेल कृण्ण मन्दिर , वडा कार्यालय , बुङ्गाखेल हुदै चन्दनभराटेश्वर मन्दिर प्राङ्गणमा पुगेर समापन भएको थियो ।कलस यात्रामा स्थानीय महिला दिदीबहिनी आमा बुवा दाजुभाइ जनप्रतिनिधि समाजसेवीकाे सहभागिता रहेको थियो ।

महायज्ञमा पण्डित वासुदेव घिमिरे, पण्डित गोविन्द दाहाल लगायतले कथा वाचन गर्नुहुने बताइएको छ । महायज्ञ २० गतेदेखि भदाै २८ गते शुक्रबारसम्म जारी रहनेछ ।

संस्थाको जग्गा भएको खण्डमा मात्र केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले आर्थिक सहयोग गर्ने निति  भएको कारण जेष्ठ नागरिक समाजले धार्मिक महाेत्सव गरेर संकलन गरेको सहयोग रकम बाटै लाखौं रूपैयाँमा जग्गा खरिद गर्ने योजना बनाउनु परेको छ । सरकारकाे झन्झटिलो नितिकाे कारण एकातिर बाकी भएको सार्वजनिक जग्गा समेत मिचेर सकिने क्रम बढेर गइरहेको छ ।