सेप्टेम्बर २ र ३ (२०२४) मा जापानमा भएकाे “तिज धमाका”कार्यक्रमका लागि चर्चित गायक नरेश खाती जापान पुगे ।
जापान नेपाली एकता समाजको आयोजनामा हिन्दु महिलाहरूकाे महान पर्व हरितालीकाे तीजकाे अबसरमा राजधानी टोकियो र सिनओसाकामा आयोजीत कार्यक्रमका लागि गायक नरेश खाति जापान पुगेका थिए ।
एकता समाजका अनुसार टोकियोमा सबै नेपाली चेलीबेटी संगै दरखाने कार्यक्रम सहित ओसाकामा “तीज धमाका” कार्यक्रमका लागि रक्तिम सांस्कृतिक अभियानको टिमसहित नेपालबाट आमन्त्रित कलाकारकाे रूपमा गायक खाति जापान पुगेका थिए ।
उनी अहिले जापानमा विभिन्न संघ संस्थाले आयाेजना गरेकाे सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइरहेका छन् ।
उनी जन्मेकाे गृह जिल्ला गुल्मि पाैदि अमराई साेसाईटीले आयाेजना गरेकाे तिज विशेष कार्यक्रम, क्योतो नेपाली कम्युनिटीद्वारा आयोजित तिज फ़ेस्टिवल लगायतका संस्थाले आयाेजना गरेकाे कार्यक्रमममा आफनाे प्रस्तुति दिई रहेका छन । गायक खाति केहि महिना जापान बसाई पछि नेपाल फर्किने बताईएकाे छ ।