
काठमाडौं / छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा काठमाडौं स्थित बिजि बेङ्क्वेटमा मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रम मा मौलिक तीज उत्कृस्ट गायिकामा एलीना चौहानले अवार्ड जित्न सफल भएकि हुन । उनले यसै वर्ष गाएको तीज गीत मन परेको मान्छे बाट उनले यो वर्षकै मौलिक तीज गीत गायिका अवार्ड जितेकि हुन ।
त्यसैगरी यस वर्षको उत्कृष्ट तीज गायक अवार्ड राजेश बर्देवाको पोल्टामा परेको छ । समिक्षा अधिकारी संग यसै वर्ष सार्वजनिक गरीएको तीज गीत नाच छम्म छम्म बाट उनले अवार्ड पाएका हुन ।
चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखि छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिएको छ । एघार हजार रुपैयाँको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको निवर्तमान अध्यक्ष अञ्जु निरौलालाई प्रदान भएको हो ।
त्यसैगरी ११ औं छायाँछवि तीज म्युजिक अवार्ड २०८१ मा पाँच जना नारीलाई सम्मान गरिने भएको छ । जसमा गायिका सन्जु न्यौपाने, गायिका बबिना भट्टराई, मोडल सिम्रन दुलाल (कुसुम), पत्रकार बर्षा खनाल र बरिष्ठ सौन्दर्यविद् चुनु थापालाई छायाँछबि तीज नारी सम्मान प्रदान गरिएको छ ।
यो सम्मान आ–आफ्नो क्षेत्रलाई विशिष्ठ योगदान दिए बापत सम्मानित गरेको आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा विगत लामो समयदेखि सक्रिय रहेको छाँयाछवि क्रियशनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरुलाई सम्मान, प्रोत्साहन तथा हौशला प्रदान गर्दै आईरहेको छ । अवार्ड कार्यक्रम यहि भाद्र १८ गते काठमाण्डौस्थित बिजी बैंकटमा सम्पन्न भएको हो ।









