
नेपाली सिनामा जगतकी नायिका पुजा शर्मा ले आफ्नाे करियर माथि बारम्बार असर पुग्ने खालका अभिव्यक्ति दिन थाले पछि गायिका समीक्षा अधिकारीले आक्राेस पाेखेकी छिन ।
मज्जाकाे टिभि कार्यक्रममा केही दिन अघि मात्र प्रस्ताेता आईसा दाहाल संगकाे कुराकानीमा नायिका शर्माले दिएकाे अभिव्यक्ति प्रति गायिका समीक्षा अधिकारीले अाक्राेस पाेखेकि हुन ।
गायिका अधिकारीले सामाजिक संजाल फेसबुक मार्फत आक्राेस पाेख्दै लेखेकि छिन ।
अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि!
सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।
के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।
त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ”तिमि मेरो बहिनी” भनेर आउनु भयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज भन्दै समिक्षाले बिन्ति समेत गरेकी छिन । समीक्षा पछिल्लाे समय आम दर्शकले रूचाईएकाे गायिका हुन ।









