लाेक दाेहाेरी ईतिहास रच्दै बाबुकृष्ण परियारकाे “कस्मेरी पछ्याैरी” कराेड कल्बमा प्रवेश

-


     हिडन खबर    
     भाद्र १६ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

आकशिदाे नेपाली लाेक दाेहाेरी क्षेत्रमा थुप्रै गितहरू बजारमा सार्वजानिक भएका छन । कतिपय गीतले राम्रै सफलता प्राप्त गरेका छन भने कतिका गीतले साेचे जस्ताे सफलता पाउन सकिरहेका छैनन ।

पछिल्लाे समय लाेकसंगितमा छाडापन र भडकिला गीतले केही बजारमा दर्शककाे मन जित्न नसकेपनि गीतहरू भिउज बढाउनकै लागि अनेक शीर्षक राखेर थुप्रै गित बजारमा सार्वजानिक भए ।

नेपाली माैलिक संस्कृतिकाे जगेर्ना गर्दे प्रायजसाे आम दर्शाकले खाेजिरहने गित बजारमा पस्किदै आएका गायक बाबू कृष्ण परियार र दिपिका वयम्बु मगरकाे कस्मिरे पछ्याैरी कराेड कल्बमा पुगेकाे छ ।

केही बर्ष अघि परियारकाे चाैका दाउ कराेड कल्बमा पुगेर नेपाली गित संगितकाे डिजिटल बजारमा अत्याधिक सफल लाेकदाेहाेरी गित हाे ।

सात महिना अघि सार्वजानिक भएकाे गीत मेला महाेत्सब टिकटक दाेहाेरी साझमा अत्याधिक रूचाईएकाे गीत हाे ।
गायक निश्चल दवाडी काे लय शब्द ,दिपका बयम्बु मगर र बाबू कृष्ण परियारकाे आबाज रहेकाे यस गीतमा गायकद्वाय बाबू कृष्ण परियार र केपिन गाेतामेकाे दमदार नृत्य रहेकाे छ ।

माैसम हिमालीकाे निर्देशन नवराज उप्रेतीकाे छाँयांकन अमृत चापागाईकाे सम्पादनमा उक्त गित बाबू कृष्ण परियार अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।